सानी को चंगा 🪁

April 10, 2021

  2 minutes

हिजो जस्तै लाग्छ, उडिरहेको त्यो चंगा देखेर मनमा कौतुहलता बढेको। दशैताकाको समय हुनुपर्छ। गाँउभरिका भूराहरु चौरमा भेला हुन्थेे चंगा उडाउनलाई, अनी कहिले काँही चंगा चैट् पनी खेल्थे। ति भुराहरूमध्ये अधिकतम त आफू संगैका सहपाठी थिए।कयौ पटक ति उडेका चंगाहरु देखेर आफै एउटा ठूलो चंगा बनाएर त्यस्मा उड्ने रहर कहाँ नभएको हो र। रहर हुँदाहुँदै बनाउन नजान्नु को यथार्थतामा विवश् थिएँ म।

त्यै पनी मन कहाँ मान्थ्यो र। एक दिन आफूछेउको बेन्चमा बस्ने एउटा केटालाई सोधी छाडेँ। अखबारलाई कसरी पट्टयाएर काट्ने भन्दाभन्दै पढाईरहेका शिक्षकको नजर हामीमाथी पर्यो। त्यसपछी घन्टी नबझुन्जेल सम्पूर्ण कक्षाको अगाडी कुखुरा बन्नुपर्याथ्यो हामीले।

अब पर्यो झन् फसाद। क्लासका कोही केटा बोल्नै नमान्नै।घरमा आमालाई चंगा बनाउन नै कहाँ आँउथ्यो र, अनी बा अफीसबाट फर्किदा अबेर भई सक्थ्यो। शनीवारको दिन पनी खेतीबाली गर्दै बित्थ्यो बा को।आमालाई धेरै पटक चंगा उढाउने ईच्छा भने जाहेर गरेकी थिएँ।आमाले बालाई भन्नु भएछ क्यार , एक दिन बा फर्किदा वहाँको हातमा चंगा थ्यो। शुक्रवारको दिन थ्यो त्यो। सधैँझै घरमा मासु पाक्याथ्यो। शुक्रवारको दिन बा घर चाँडै आउनु हुन्थ्यो।

अझै पूर्ण सम्झना छ मलाई त्यस रातको । त्यसै त मासु पाक्ने दिन खास् हुन्थ्यो, त्यसमाथि वर्षौ देखी थाति रहेको सपना पुरा हुने सोचले मनमा बेग्लै उत्साह भरिएको थियो मेरो। सबै चंगालाई माथ दिँदै निर्भय रूपमा सगरतर्फ लम्कदै गरेको परिदृश्य कल्पना कयौ पटक गर्न भ्याईसकेकी थिएँ। चरम उत्सुकता र कौतूहलताका वावजुद कल्पनामा डुब्दै कतिखेर निन्द्रादेवीकी हुन पुगेंँछु पत्तै पाईन। आज हुँदोहो र मेरो अधिनमा हुँदोहो त कल्पनामै रमाउथेँ सारा रात। कल्पनाशक्ति नै त रैछ मान्छेको आफ्नू भन्ने।

क्रमश…


comments powered by Disqus